Friday, June 26, 2009

हवामा उड्ने कार तथा मोटरसाइकल



काठमाडौं, १२ असार
अब सडकमा भएको ट्राफिक जामबाट छुट तपाईले चाडै छूटकरा पाउदै हुनुहुन्छ रे। अनि तपाई हामीले हावामा उड्ने कल्पनालाई साकार पार्ने बेला आउने भयो । अमेरिकी कम्पनी टेराफुगिया ट्रांजिशनले सन २०११ सम्ममा हवामा उड्ने कारलाई बजारमा ल्याउने भएको छ। यो कार 30 सेकंडमा सानो हवाई जहाजले जस्तै हवामा उड्ने परिक्षण पुरा गरेको छ ।

एकातिर हवामा उड्ने कारको सफल परिक्षण भएको छ भने अर्कोतिर हवामा उड्ने मोटरसाइकल पनि बनेर तयार भएको छ। डच कम्पनीले पाल-भि नाम यरेको यस्तो मोटरसाइकलको आविष्कार तथा परिक्षण गरेको छ जुन सडक तथा हवा दुइटैमा चल्न सक्छ । यसरी बिज्ञानले मानिसलाइ अर्को नँया उपहार दिन लागेको छ। यस्ता आविष्कार बजारमा आएतापनि यसको व्यवस्थापन गर्न निक्कै कठिन हुने देखिन्छ। कल्पना गर्नुहोस यसको ट्राफिक नियन्त्रण कसरी होला, यसको बारेमा सबैले बेलैमा सोच्नुपर्ने भएको छ ।

No comments: