Friday, June 26, 2009

हवामा उड्ने कार तथा मोटरसाइकल



काठमाडौं, १२ असार
अब सडकमा भएको ट्राफिक जामबाट छुट तपाईले चाडै छूटकरा पाउदै हुनुहुन्छ रे। अनि तपाई हामीले हावामा उड्ने कल्पनालाई साकार पार्ने बेला आउने भयो । अमेरिकी कम्पनी टेराफुगिया ट्रांजिशनले सन २०११ सम्ममा हवामा उड्ने कारलाई बजारमा ल्याउने भएको छ। यो कार 30 सेकंडमा सानो हवाई जहाजले जस्तै हवामा उड्ने परिक्षण पुरा गरेको छ ।

एकातिर हवामा उड्ने कारको सफल परिक्षण भएको छ भने अर्कोतिर हवामा उड्ने मोटरसाइकल पनि बनेर तयार भएको छ। डच कम्पनीले पाल-भि नाम यरेको यस्तो मोटरसाइकलको आविष्कार तथा परिक्षण गरेको छ जुन सडक तथा हवा दुइटैमा चल्न सक्छ । यसरी बिज्ञानले मानिसलाइ अर्को नँया उपहार दिन लागेको छ। यस्ता आविष्कार बजारमा आएतापनि यसको व्यवस्थापन गर्न निक्कै कठिन हुने देखिन्छ। कल्पना गर्नुहोस यसको ट्राफिक नियन्त्रण कसरी होला, यसको बारेमा सबैले बेलैमा सोच्नुपर्ने भएको छ ।

Friday, June 05, 2009

५ तले झोंग गुफा


५ तले झोंग गुफा
उप्पलो मुस्तांगको तिबेती सिमाबर्तीमा छोसेर गाउको कुनामा आरु गुफाहरु भन्दा फरक किसिमको गुफा पाएको छ १ सय ४४ वटा कोठाहरु रहेको उक्त गुफा त्यहाँको युवा क्लब का अनुसार ५ वर्ष आगाडी पता लागेको बताएको छ / एउटै चट्टानमा परैबाट देखीने खोपहरु छन् उक्त ५ तले गुफामा तलमाथि गर्न त्याका युवाहरुले भरयंगहरु लगाएका छन् हाल उक्त गुफा प्रवेश गर्न क्लबले नेपालीलाई रु २५ र विदेशीलाई रु १ सय रुपैया तोकेको छ/ उक्त गुफा २५ सय वर्ष पुरोनो बुद्धकालीन इतिहास संग जोडीएको छ/ गुफामा पुरोनो पुरत्तावातिक सामग्री र भाँडाकुँडाहरु पाएको छ /

Thursday, May 28, 2009

अब मान्छेको इशारा बुझ्ने टीभी
प्रविधिमा आइरहेको निरन्तर विकासले हामीलाइ अनेक सुविधा दिएको छ । प्रविधिको एउटा चमत्कार सुन्न तपाइँ तयार हुनुहोस् । टीभीका शौखिनहरूका लागि अब नयाँ प्रविधि आइसकेको छ, जसलाइ रिमोट कन्ट्रोल चाहिन्न । उसले तपाइँको इशारा नै काफी हुन्छ ।
टीभी अगाडि उभिएर हातको इशाराले टीभीको च्यानल परिवर्तन गर्नेदेखि त्यसको आवाज नियन्त्रण गर्नेसम्मको सुविधा पाउनु हुनेछ ।
तोशिबाको क्याम्ब्रिज रिसर्च ल्याबरोटरीले क्याम्ब्रिज विश्वविद्यालयका इन्जिनियरिङ विभागको सहयोगबाट यो प्रविधिको विकास गरिएको हो ।
यो प्रविधि जोडिएको टीभी अगाडि जो व्यक्तिले इशारा गर्छ, उसैको आदेश मानेर आवाजमा घटबढ गर्छ ।
जो व्यक्ति टीभी अगाडि देखिन्छ, टीभीमा जडान भएको सिस्टम सक्रिय हुन्छ र उसले आफैँ टीभीको डिस्प्ले सिस्टमको कन्ट्रोल अप्सन देखाउन शुरू गर्छ । यसलाइ चलाउन तपाइँले हातको इशारा गरे मात्र हुन्छ । यो प्रविधिले तपाइँको हातको हल्लाइबाट के गर्ने भनेर बुझ्दछ । कम प्रकाश भएको बेलामा पनि यसले तपाइँको हातको मुभमेन्ट (हल्लाइ) थाहा पाउन सक्छ ।
तोसिवाका प्रोफेसर रोबर्टो सिपोला र डा. बिजर्न स्टेन्जर तथा इन्जिनियरिङ विभागका टम वुडलीका अनुसार, यो विधि ग्राहकहरूका लागि नयाँ र अनौठो अनुभव साबित हुनेछ । तर अझै पनि खोजकर्ताहरूका अनुसार यो प्रविधि रिमोट कन्ट्रोलजत्तिकै सशक्त चाहिँ हुने छैन ।
तर खोजकर्ताहरूले यस प्रविधिलाइ रिमोट कन्ट्रोल जत्तिकै सशक्त बनाउन चाहिँ अनुसन्धानलाइ जारी राख्ने बताइरहेका छन् ।


भविष्यमा यस्तो पनि होला कि !




डिजिटल चलाखीः कलमबीर_घोताने